लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडाैं | पुस २५, २०८१

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं:   देशका विभिन्न भागबाट लागुऔषधसहित २६ जना पक्राउ परेका छन् । 


दक्षिणकाली नगरपालिका–५ फर्पिङबाट नियन्त्रित लागुऔषध ट्रामाडोल ६ हजार ट्याब्लेटसहित रौतहट घर भएका १८ वर्षीय किशोरलाई बुधबार साँझ पक्राउ गरिएको हो । 
  
    
नेपालगञ्ज उपमहानगरपालिका–१६ जयसपुरबाट  ब्राउनसुगर जस्तो देखिने पदार्थसहित सोही ठाउँ बस्ने २३ वर्षीय उन्तीयाज अली अन्सारी र २८ वर्षीया साहाना राईलाई पनि पक्राउ गरिएको छ । 


नेपालगञ्ज उपमहानगरपालिका–१३ लालापुरवाबाट कोहलपुर नगरपालिका–२ मनकामना बस्ने २६ वर्षीय शुभम अधिकारी र सोही नगरपालिका–१ कौशिलानगर बस्ने २६ वर्षीय किरण राना मगरलाई पनि खेरो हेरोइनसहित पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।  

काठमाडौं:  युवराज सफल भनिने युवराज पौडेललाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले आज निजलाई काठमाडौँबाट पक्राउ गरिएको बताउनुभयो ।  महान्या...

थप पढ्नुहोस्

पोखरा:  छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा गण्डकी प्रदेशले नेपाल पुलिस क्लबमाथि सहज जित निकालेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको ...

थप पढ्नुहोस्

पोखरा:  छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा महिलातर्फ थाइल्याण्ड क्विन्सले त्रिभुवन आर्मी क्लबमाथि सहज जित निकालेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसि...

थप पढ्नुहोस्